प्रदेश सार्वजनिक सुनुवाई तथा सार्वजनिक परीक्षण सम्बन्धी कार्यविधि २०७८ को दोश्रो मस्यौदा

आदरणीय महानुभावहरु,

मुख्यमंत्री तथा मंत्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको PLGSP ले २०७८/०३/१७ मा प्रदेश सार्वजनिक सुनुवाई तथा सार्वजनिक परीक्षण सम्बन्धी कार्यविधि २०७८ को पहिलो मस्यौदा माथि सुझाव लिन मंत्रालयका सचिवज्यूहरु र बिभिन्न सार्वजनिक निकायहरुका प्रमुखहरु बीच छलफल चलाएको थियो । उक्त छलफल कार्यक्रमबाट आएका सुझावहरुलाई संलग्न गरी मुख्यमंत्री तथा मंत्रिपरिषद्को कार्यालयले दोश्रो मस्यौदा तयार गरेको छ । उक्त मस्यौदा माथि थप सुझाव दिन चाहनु हुने महानुभावहरुले ७ दिन भित्रमा मुख्यमंत्री तथा मंत्रिपरिषद्को कार्यालयमा लिखित रुपमा आफ्नो सुझाव दिन सक्नु हुनेछ ।