इद–ऊल–अजहा (बकरिद)को सु–अवसरमा माननीय मुख्यमन्त्री ज्यूको सन्देश

"इस्लाम धर्मालम्बीहरूको महान चाड इद‍-उल-अजहा (बकरइद) को सु-अवसरमा प्रदेश, देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण इस्लाम धर्मालम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस महान पर्वले प्रदेश नंः २ का साथै मुलुकमा भाइचारा, सुख र शान्तिको अभिवृद्धी होस भनी कामना गर्दछु ।

प्रदेश सरकारले इद-उल-अजहाको अवसरमा भदौ ६ गते सार्वजनिक विदा समेत दिने निर्णय गरेको हुँदा भाइचाराको महत्वपूर्ण पर्व इद-उक-अजहा हर्षोल्लाहाका साथ मनाउन सम्पूर्ण इस्लाम धर्मालम्बी तथा प्रदेशबासीहरूमा अाग्रह गर्दछु ।"

- माननीय मुख्यमन्त्री श्री लालबाबु राउत